‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
अनलाइनखबर
पछिल्ला चार वर्ष नेपाल आयल निगमको सञ्चालक समितिको बैठकमा धेरै विषयवस्तुमा खुलस्त छलफल भएनन्।
२०७७ माघ महिनामा सञ्चालक समिति सदस्य अरबिन्द अग्रवाल बिदा भएपछि भने निगमका कर्मचारीले बैठकको एजेन्डा लगायतका विषयमा सञ्चालकलाई नहिच्किचाई पूर्वजानकारी दिन थाले।
अग्रवाल विराटनगरका पेट्रोलियम व्यवसायी हुन्। सुनसरी ट्रेडिङ सप्लायर्स लगायतका पेट्रोलपम्प चलाइरहेका उनलाई २०७३ सालमा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले विज्ञको रूपमा नियुक्त गरेका थिए।
२०७४ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उनलाई हटाए तर अग्रवाल अदालतबाट मुद्दा जितेर फर्किए।
निगमका एक अधिकारीका अनुसार अग्रवाल सञ्चालक समितिमा रहँदा पेट्रोलियम, ढुवानी, बिक्री वितरण र उपभोक्ता हितसम्बद्ध प्रस्तावहरु ल्याउँदा सूचना चुहिने गरेको थियो। बैठकमा पेश भएका कति प्रस्तावहरुमा उनले व्यवसायीको पक्षमा मतहरु राख्दा समिति निरीह बन्ने अवस्था थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया