कभर स्टोरी :

नेपालमा ‘स्वार्थको द्वन्द्व’ रोक्ने कानुन छैन, स्वार्थ बाझिनेहरू नीति निर्माता छन्

अनलाइनखबर

काठमाडौं

पछिल्ला चार वर्ष नेपाल आयल निगमको सञ्चालक समितिको बैठकमा धेरै विषयवस्तुमा खुलस्त छलफल भएनन्।

२०७७ माघ महिनामा सञ्चालक समिति सदस्य अरबिन्द अग्रवाल बिदा भएपछि भने निगमका कर्मचारीले बैठकको एजेन्डा लगायतका विषयमा सञ्चालकलाई नहिच्किचाई पूर्वजानकारी दिन थाले।

अग्रवाल विराटनगरका पेट्रोलियम व्यवसायी हुन्। सुनसरी ट्रेडिङ सप्लायर्स लगायतका पेट्रोलपम्प चलाइरहेका उनलाई २०७३ सालमा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले विज्ञको रूपमा नियुक्त गरेका थिए।

२०७४ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उनलाई हटाए तर अग्रवाल अदालतबाट मुद्दा जितेर फर्किए।

निगमका एक अधिकारीका अनुसार अग्रवाल सञ्चालक समितिमा रहँदा पेट्रोलियम, ढुवानी, बिक्री वितरण र उपभोक्ता हितसम्बद्ध प्रस्तावहरु ल्याउँदा सूचना चुहिने गरेको थियो। बैठकमा पेश भएका कति प्रस्तावहरुमा उनले व्यवसायीको पक्षमा मतहरु राख्दा समिति निरीह बन्ने अवस्था थियो।

प्रकाशित मिति: : 2021-03-12 11:04:00

प्रतिकृया दिनुहोस्