रवि लामिछानेलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु: मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किराती साे कुरा बताएका हुन्।

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ, त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु,’ मन्त्री किरातीले भने।

नागरिकता प्रकणपछि सांसद पदसँगै गृहमन्त्री पद गुमाएका लामिछाने उपनिर्वाचनबाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले आफूहरुले पहिले पाएका मन्त्रालय दिए पुन: सरकामा फर्किने बताएका छन्।

प्रकाशित मिति: : 2023-04-28 15:44:00

प्रतिकृया दिनुहोस्