अयोग्य लडाकुलाई पैसा दिने होइन, उद्योग खोलौँ र रोजगार दिऊँ: योगेश भट्टराई 

File Photo
File Photo

नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिनुभन्दा उद्योग स्थापना गरेर रोजगार दिन सकिने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पैसा बाँड्ने नभएर दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने उल्लेख गरेका छन्।

सचिव भट्टराईले लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कंपनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारी को ब्यबस्था गर्ने। पुंजि बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु।’

प्रकाशित मिति: : 2023-04-28 14:58:00

प्रतिकृया दिनुहोस्