रिमा केसी
यहाँ रोगभन्दा ठूलो त भोक रहेछ
रोगभन्दा शक्तिशाली त शोक रहेछ
रोग आउनु कहाँ छ कहाँ छ
त्यो भन्दा अगाडी काल बनेर आइदियो भोक
रोग एक चोटी लाग्न सक्छ, नलाग्न पनि सक्छ
तर भोकले बारम्बार हतौडा हान्छ खालि पेटमा
आगो लगाउँछ
भुकम्प ल्याउँछ
एकाबिहानै निद्राले छोड्नुभन्दा पहिले भोकको रोगले सताउँछ
निद्रा आउन पनि पेट भरिनु पर्ने रहेछ
भित्र आन्द्रा भरी सल्बलाइरहेछ्न्
भोकका किटाणुहरु
कल्याङमल्याङ मच्चाइरहेछ्न् भोकको तान्डव
लडिरहेछ्न भोक युद्ध
हात खुट्टा फत्रक्कै गलाइदिन्छ्न्
आँखाको उज्यालो खोसेर अन्धकार बनाइदिन्छ्न
कति राउन्ड घुमिसक्छ पृथ्वी
प्राणहिन बनिदिन्छ शरीर
कोरोना डरभन्दा खतरनाक हुन्छ भोकको भाइरस
एक थोपा पानीको लागि तप तप सुकेको हुन्छ मुख
काँपिरहेका हुन्छ्न् ओठहरु थरथर
बाँझो खेतसरी पटपट फुटेको हुन्छ जिब्रो
एक दान अन्न नपर्दा पेटमा लुछ्न थाल्छ्न् मासु भोकका किटाणुहरु
कोरोनाले भन्दा अगाडी खान थाल्छ भोकले यहाँ
धन हुनेहरूलाई रोगको डर छ
महल हुनेहरु गेटमा ताल्चा मारेर बसेका छ्न् कैदी जस्तै
रोग सर्ने डरले
दशैं चलिरहेको छ हुनेखानेलाई देशमा यतिबेला
भोक हडताल चलिरहेछ खालिपेटवालाहरुको
डर लाग्दैन सडकछापलाई केहीको
आकाशलाई छानो जमिनलाई सिरानी बनाई
सुतिरहेछौं सदियौँदेखि
आदत लागेको छ हामीलाई
जबदेखि रोग आएको हल्ला छ
तबदेखि भोकको रोगले सताइरहेछ
आजकल भोकको शोक लागेको छ मनमा
सडकछापहरुको देशमा भोकको रोग लागेको छ!
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया