भारतलाई ३–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलंकामा जारी  यू–१७ साफ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगितमा भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलको २५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाएका थिए।

१–० ले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो।

खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरे। त्यसपछि खेलको ६८ औँ मिनेटमा सुभाष बमले अर्को गोल गर्दै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो।

जितसँगै दुई खेल खेलेको नेपाल ६ अंकका साथ नेपाल समूह (बी) को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2022-09-09 19:35:00

प्रतिकृया दिनुहोस्