संसारभर

साताका १५ तस्बिर

photo : reuters
photo : reuters

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेकाे अयाेध्यास्थित राम मन्दिर उद्घाटन यस साता लगभग संसारभरि चर्चामा रह्याे। त्यसका साथै याे हप्ता जापानकाे पठाएकाे रकेट चन्द्रमामा सफल आराेहरण भयाे। याे सँगै जापान चन्द्रमामा पुग्ने पाँचाैँ राष्ट्र बन्याे।

त्यस्तका साथै चुनावी माहाेलका कारण अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रप यस साता पनि चर्चामा रहिरहे। भने, केही सानातिना कुराहरू यस साता संसारभर चर्चामा रहे जुन राेयटर्सका फाेटाे पत्रकारहरूले क्यामेरामा कैद गरेका छन्।

प्रस्तुत छ साताका १५ तस्बिर:


क्लाइम्बिङ डिस्ट्रिक्ट रहेको स्थानमा १९औँ शताब्दीको कृतिम पहाडमा आरोहण अभ्यास गर्दै एउटी महिला फ्रान्सको पेरिसमा।

हिउँ खेलकुदलाई बढावा दिन र मानिसहरूलाई जाडोको आनन्द लिन प्रोत्साहित गर्दै ग्रेट स्फिन्क्स र पिरामिड चित्रण गर्ने हिउँको मूर्तिको छेउमा आमा र उनको छोरा इजिप्टको गिजामा रहेको स्की इजिप्टमा।

लेसेस्टर स्क्वायरमा ‘अर्गिल’को प्रिमियरमा भाग लिन आएकी जर्मन नायिका क्लाउडिया शिफर आफ्नो बिरालोको साथ लन्डन, बेलायतमा।

तातो हावा भएको समय समुद्र तटमा घाममा डुबेको एक व्यक्ति कन्सेपसियन चिलीमा।

चिसो मौसममा सेन्ट जेम्स पार्कमा पौडी खेल्दै हाँसको जोडी लन्डन, बेलायतमा।

सप्ताहन्तको वार्षिक स्लेज कुकुरको र्‍यालीअघि एउटा स्लेज कुकुर टोलीले तालिममा आफ्नो रिग तान्दै बेलायतको स्कटल्याण्ड, एभिमोरमा।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका सदस्य सदेग ओमिदजादेह र मोहम्मद-अमिन समदीको अन्त्येष्टिको लागि भेला हुँदा बच्चा बोकेकी एक महिला इरानको तेहरानमा।

रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  न्यू ह्याम्पशायर राज्यको राष्ट्रपतिको प्राथमिक चुनावी रात वाच पार्टीमा स्टेज लिँदा इशारा गर्दै नशुवा, न्यू ह्याम्पशायर अमेरिकामा

अर्जेन्टिनाको ब्यूनस आयर्समा रहेको राष्ट्रिय कांग्रेसको बाहिर एकदिने राष्ट्रिय हड्तालको क्रममा प्रहरीहरूका अगाडि जमिनमा सुतेर ‘जोकर’को लुगा लगाएका पत्रकार।

ठुलो वर्षाको आँधीले एउटा सानो नदी ओभरफ्लो गरेपछि भएको क्षति क्यालिफोर्नियाको स्यान डिएगो अमेरिकामा।

भगवान राम मन्दिरको उद्घाटनपछि प्रार्थना गर्दै एक हिन्दू भक्त भारतको अयोध्यामा।

अमेरिका अबैध रुपमा पार गर्दा आप्रवासीहरूको अड्किएको जुत्ता र लुगा अमेरिकी र मेक्सिको सीमा सियुडाड जुआरेज, मेक्सिकोमा।

माघ महिनामा मनाइने वार्षिक र एक महिनासम्म चल्ने हिन्दू धार्मिक पर्व माघ मेलासँग मिल्दोजुल्दो बनाउन आयोजित कार्यक्रममा एकअर्कालाई पानी हाल्दै  विद्यार्थीहरू भारतको अहमदाबादमा।

पलहलमा साप्ताहिक प्रार्थना कार्यक्रममा सहभागी हुँदै पोप फ्रान्सिस भ्याटिकन सिटीमा।

आफ्नो उत्पादनको मूल्यवृद्धिको लागि सरकारलाई दबाब दिन आलु फाल्दै कृषकहरु ब्रिट्नी फ्रान्समा

प्रकाशित मिति: : 2024-01-27 12:05:00

प्रतिकृया दिनुहोस्