कुसुम गौतम
सुनौला स्तूपहरूले सजिएको
शान्त छवि सुन्दर विहारहरू भएको
बुद्धले देखाएका मार्गमा हिँड्दै
कोइलीको मीठो ध्वनिसँगै
गुञ्जिने पञ्चशीलका
पहिलो पद
"प्राणातिपाता वेरमणी शिक्खापदं समाधियामि"
को नियम पालन गर्ने
धार्मिक आस्थाहरू पनि
सत्ता-लोलुप असुरहरूले
बन्दुक र बारुदका धुवाँमा
दमन गरिरहे...
बिर्सिसकेका
हिजोका डर लाग्दा
इतिहासका पानाहरू
आज फेरि तानाशाह हुरी बतासमा फर्फराउँदै
देशको सिङ्गो भविष्यलाई निल्न ताम्सिरह्यो
पानाहरूको फर्फराहटमा
आँसुका छल्काहरू
रोदनका स्वरहरू
रगतका ताजा आहालमा
तानाशाहका अमानवीय कार्यहरू बोलिरहेकाछन् यहाँ
देशका उज्ज्वल सिताराहरूलाई
वर्तमानका योजनाहरू र
भविष्यका सपनाहरूमा
क्रूरताको ताल्चा लगाएर बन्दी बनाउँदै
खालि हातमा प्रार्थनाका पुष्ण लिएर
मात्र विश्वासका औजार लिएका निर्दोष जनताहरूप्रति
निशङ्कोच गोली बर्साउँने
हो सत्ताधारी हो!
अमानवीय कार्यले सीमा नाघिसके
इतिहास साक्षी छ
कुरुक्षेत्रमा न्यायले नै अन्याय माथि विजय गरेको हो
समयको मागमा
युगले अवश्य पनि जन्माउँछ
सुदर्शन समाउने हातहरू
कंसको वध गर्ने महापुरुष
महिषासुरको वध गर्ने शक्तिरूपा
हिजोको इतिहासमा पनि
रगतका छिटाहरूले
देशको मानचित्र कोरेकै थियो
र आज पनि कोर्ने नै छ
सहिदका रगतले
मातृभूमि नुहाउने छिन्
अनि...
विहारहरू फेरि शुद्ध हुनेछन्
पञ्चशीलका पदहरू मन्दिर, गिर्जाघर र मस्जिदहरूमा शङ्ख र घण्टहरूका साथ
फेरि गुञ्जिने छन्
"सत्यमेव जयते"को अर्थ खुल्नेछ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया