कुसुम गौतम
सुनौला स्तूपहरूले सजिएको
शान्त छवि सुन्दर विहारहरू भएको
बुद्धले देखाएका मार्गमा हिँड्दै
कोइलीको मीठो ध्वनिसँगै
गुञ्जिने पञ्चशीलका
पहिलो पद
"प्राणातिपाता वेरमणी शिक्खापदं समाधियामि"
को नियम पालन गर्ने
धार्मिक आस्थाहरू पनि
सत्ता-लोलुप असुरहरूले
बन्दुक र बारुदका धुवाँमा
दमन गरिरहे...
बिर्सिसकेका
हिजोका डर लाग्दा
इतिहासका पानाहरू
आज फेरि तानाशाह हुरी बतासमा फर्फराउँदै
देशको सिङ्गो भविष्यलाई निल्न ताम्सिरह्यो
पानाहरूको फर्फराहटमा
आँसुका छल्काहरू
रोदनका स्वरहरू
रगतका ताजा आहालमा
तानाशाहका अमानवीय कार्यहरू बोलिरहेकाछन् यहाँ
देशका उज्ज्वल सिताराहरूलाई
वर्तमानका योजनाहरू र
भविष्यका सपनाहरूमा
क्रूरताको ताल्चा लगाएर बन्दी बनाउँदै
खालि हातमा प्रार्थनाका पुष्ण लिएर
मात्र विश्वासका औजार लिएका निर्दोष जनताहरूप्रति
निशङ्कोच गोली बर्साउँने
हो सत्ताधारी हो!
अमानवीय कार्यले सीमा नाघिसके
इतिहास साक्षी छ
कुरुक्षेत्रमा न्यायले नै अन्याय माथि विजय गरेको हो
समयको मागमा
युगले अवश्य पनि जन्माउँछ
सुदर्शन समाउने हातहरू
कंसको वध गर्ने महापुरुष
महिषासुरको वध गर्ने शक्तिरूपा
हिजोको इतिहासमा पनि
रगतका छिटाहरूले
देशको मानचित्र कोरेकै थियो
र आज पनि कोर्ने नै छ
सहिदका रगतले
मातृभूमि नुहाउने छिन्
अनि...
विहारहरू फेरि शुद्ध हुनेछन्
पञ्चशीलका पदहरू मन्दिर, गिर्जाघर र मस्जिदहरूमा शङ्ख र घण्टहरूका साथ
फेरि गुञ्जिने छन्
"सत्यमेव जयते"को अर्थ खुल्नेछ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया