ओम आचार्य
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा त्यसअघि पनि चुनौती र तनावपूर्ण समयको सामना गर्दै सभापति बने। सभापति बनेपछि पनि यस्तै अवस्थाबाट गगन थापा गुज्रिरहेका छन्।
अहिले नेपाली कांग्रेस अत्यन्तै नाजुक र संवेदनशील अवस्थामा छ। गगन थापा सभापति बन्नुभन्दा पूर्व संस्थापन समूहबाटै र सभापति बनिसकेपछि अहिलेको इतर समूहबाट पीडित र प्रताडित भइरहेका छन्।
गगन थापाले इतर समूहलाई समेत समेट्न १९ जनालाई केन्द्रीय समितिको सदस्यमा मनोनयन गरे। र अरु के–के गर्नुपर्छ गर्न तयार छु भनिरहेका छन्। इतर समूहको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्का केही शर्तहरू राखि गगन थापालाई पार्टी एक बनाउन संवाद गरिरहेका छन् र पार्टी एक बनाउने जिम्मेवारी पनि गगन थापा कै दाइत्व भएको बताउँछन्। उता अर्को समूहका नेतृत्व गरिरहेका डा. शेखर कोइराला पनि ५ शर्त गगन थापाले स्वीकार गरे पार्टी एक हुने अवस्था हुने बताउँछन्।
अहिले इतर समूहको माग सभापति गगन थापा स्वीकारे पनि सम्भवतः इतर समूहबाट अर्को माग प्रस्तुत हुनसक्छ। पूर्णबहादुर खडका समूहले विशेष अधिवेशनपछि भइरहेको घटनाक्रमले सम्पर्क कार्यलय पनि खोलिसकेका छन् भने शेखर कोइरालाले त धेरै पहिले देखि नै विशालनगरमा सम्पर्क कार्यलय खोलेर इतर समूहको गतिविधि गरिरहेका छन्।
नेपाली कांग्रेस आफैं पनि कानुनी राज्यको पक्षधर हो र देशमा कानुनी राज्य हुनुपर्छ भन्ने मान्यता र आदर्श बोकेको पार्टी हो। अहिले निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि विशेष अधिवेशनबाट नेपाली कांग्रेसका सभापति बनेका गगन थापालाई मान्यता दिएको छ।
यो निर्णय आउनुभन्दा पूर्व पूर्णबहादुर खडकाले नेपाली कांग्रेसकै लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको नाममा आफ्ना गतिविधी र सम्पर्क बढाइरहेका थिए अदालतको निर्णयपछि कार्यवाहक सभापति र नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गर्न बन्द गरे। र कानुनी राज्यको पालनाको राम्रो उदाहरण दिएका छन्। तर पनि गगन थापालाई सभापति स्वीकारदिनँ भनिरहेका देउवा समूह भित्र छन्। र यसो भन्न र गर्न पाउने उनिहरूको नैसर्गिक अधिकार त हो यसो गर्दै र भन्दै गरेर सभापति गगन थापासंग एकताको सम्वाद गरिरहनु कति सार्थक छ?
अर्को समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले सभापति अस्वीकारेका छैनन्। उनी आजसम्म पनि पार्टी एक होस् भन्ने विचार राख्दै आएका छन् र देउवा समूह र गगन थापासँग मध्यस्थताको भूमिका निर्वाह गर्दै सभा गोष्ठी र भेटघाट तिव्र बनाउदै पार्टी एक हुने ५ सुत्र प्रस्तुत गरिरहेका छन्। डा. शेखर कोइराला अहिले पार्टी एक बनाउन आफू लागेको बताउदै दुवै समूहलाई मिलाउन मध्यस्थताको पात्रको भूमिका निर्वाह गर्दै गरेको देखिन्छ। राजनीतिमा देखिने र नदेखिने दृश्यले काम गरिरहेको भएपनि नदेखिने दृश्य चैं खतरनाक र भयावह हुन्छ। यस्तो रणनीतिले अन्तमाः पीडा र क्षति मात्रै पुर्याउछ।
नेपाली कांग्रेसभित्र नदेखिने दृश्यको राजनीतिको सुरुवात सुरु भएको छ। इतर समूह डा. शेखर कोइरालाले अहिले पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौं र फुटाउदैनौं भनेका छन्। देउवा समूहको रणनीति वर्तमान सभापतिलाई चारैतिरबाट घेराबन्दी गरेर कमजोर सभापति बनाउने अभिष्ट छ। अहिले नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यको सदस्यता अध्यावधिक गर्ने विषयमा संस्थापन र इतर समूहमा विवाद छ भने कार्यसम्पादन समिति, अनुशासन समिति, निर्वाचन समिति, विधान समिति अन्य पनि इतर समूहको आपसी सहमतिमा हुनुपर्ने सुत्र यसै कारणबाट आएको हुनसक्छ।
अहिले इतर समूहको रणनीतिको लक्ष्य अब हुने पन्ध्रौं महाधिवेशनमा केन्द्रीत भएजस्तो गतिविधिबाट देखिन्छ। पन्ध्रौं महाधिवेशन आफ्नो अनुकुल र सहज अवस्थाकै लागि अहिले देउवा समूह र डा. शेखर कोइराला सभापति गगन थापासँग पार्टी मिलाउने पार्टी एक गर्नुपर्ने सुत्र भन्दै गगनसँग सम्वाद गर्दै माग राखेका छन्।
झट्ट हेर्दा डा. शेखर कोइरालाले पनि देउवा समूहलाई सहयोग पुग्ने गरि यो ५ सुत्र माग प्रस्तुत भएको हो भन्ने बुझाइ छ।
विशेष गरेर अब हुने पन्ध्रौं महाधिवेशनमा इतर समूहबाट पनि सभापतिको उम्मेदवारहरू हुने र यसैको लागि रणनीति बनाउदै लगेको छ। अहिले भइरहेको गगन थापासँगको सम्वाद र माग पनि पन्ध्रौं महाधिवेशनको सहजता र अनुकुलता कै लागि भइरहेको देखिन्छ। इतरबाट समूहबाट सभापतिको उम्मेदवारले संस्थापनका उम्मेदवारलाई हराउन सके पुनः पार्टी आफ्नो कब्जामा हुने बुझाइ छ। यदी यसको विपरित भए पार्टी फुट्न सक्ने अवस्था सिर्जना हुनेछ।
(ओम आचार्य मोरङ कांग्रेसको सल्लाहाकार हुन्।)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया