दाङमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, दुई घाइते

File Photo
File Photo

दाङमा माेटरसाइकल दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने अन्य दुुई जना घाइते भएका छन्।

आज बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नंकाे मोटरसाईकलले घोराही ७ भैसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको र अन्य दुुई जना घाइते  भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मुुकुन्द प्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय गंगा बहादुर कवर र साइकल यात्री  साेही वडाका १६ वर्षिय रितेश केसी रहेका छन्। उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो।

त्यस्तै, घाइते हुनेमा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षिय बसन्त चौधरी र अर्का साइकल यात्री साेही वडाका सोही ठाउँका १५ वर्षिय बिनोद भण्डारी रहेको छन्।

उनीहरू दुबैकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भईरहेकाे छ। 

दुर्घटनाकाे कारण खुल्न भने सकेकाेछैन।

प्रकाशित मिति: : 2022-06-30 22:26:00

प्रतिकृया दिनुहोस्