नेपाली कांग्रेस १४औँ महाधिवेशन

राष्ट्रियसभा सदस्य पन्तद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

File Photo
File Photo

नेपाली कांग्रेस का युवा नेता प्रकाश पन्तले पार्टीको १४औँ महाधिवेशनमा अपांगतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी  दिने घोषणा गरेका छन्। उनले लोकतन्त्रवादी, अपांगता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपांगतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहका नेता पन्थले अपांगता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराएका छन्।

शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौँ मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उनले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए। अपांगता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपांगता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपांगता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उनले स्पष्ट पारे।

प्रकाशित मिति: : 2021-12-07 16:27:00

प्रतिकृया दिनुहोस्