दुर्गेश थापालाई प्रधानमन्त्रीको बधाई भने, ‘दुश्मन हेरेको हेर्‍यै’

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक तथा मोडल दुर्गेश थापालाई बधाई दिएका छन्। थापाले पाँच महिनाअघि सार्वजनिक गरेको गीत ‘दुश्मन हेरेको हेर्‍यै’को लोकप्रियतालाई हेरेर प्रधानमन्त्री ओलीले गायक थापालाई बधाई दिएका हुन्। 

सामाजिक सञ्जालमा गायक थापाको गीतको कभर फोटो राखेर उनले नयाँ पुस्ताले बेग्लै स्वादका गीतहरू रुचाउन थालेको पनि बताएका छन्। गीत सार्वजनिक भएको पाँच महिनामै यो गीतले युट्यूवमा १० करोड भ्यूज बटुलिसकेको छ। 

‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको 'दुश्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ’ प्रधानमन्त्री ओलीले  भनेका छन् ‘दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’

 
 

प्रकाशित मिति: : 2025-06-22 21:29:00

प्रतिकृया दिनुहोस्