‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
सपना सरगम डाँगी
एक:
उसैको भगवान बन्ने छ रहर मलाई
जसले बनादिएको छ पत्थर मलाई
जसले मेरो जिन्दगी खरानी बनाएथ्यो
उसैले सोध्छ अचेल हालखबर मलाई
यति नुनिलो जिन्दगी मैले चाहेकी थिइनँ
नदी बनाउँछु भन्थ्यौ बनायौ सागर मलाई
म सुकेको हाङ्गो हुँ हरियो पात जरुरी छ
ए ऐना झुटो नबोल, नभन सुन्दर मलाई ।
०००
दुई:
बस्न त यहाँ सुन्दर सहर बसेको छ
तर गल्ली–गल्लीमा तस्कर बसेको छ
हरियो देखेर ठिक छ मेरो हाल नसोच
दिलको जमिन अझै बन्जर बसेको छ
ढिलै सहि तिमी आयौ मेरो जिन्दगीमा
लाग्दैछ कुनै बेघरको घर बसेको छ
बा, पीडाहरूमा पनि मुस्कुराउँनु हुन्छ,
सायद दिलमा चोटको सगर बसेको छ
गुलेली बोकेर निस्केका छन् शिकारीहरू
यहाँको डालीमा चरा भर्खर बसेको छ।
०००
तीन:
परीक्षा दिँदा न चिन्ता लाग्यो न भय लाग्यो
परीक्षा प्रेमकै थियो अनि त्यै विषय लाग्यो
तिमी छुट्टिएर हिँड्नुमा मलाई गुनासो छैन
तिमिलाई चिन्नु थियो चिन्न अलि समय लाग्यो
आफू खुसी गर्न पाउनु स्वतन्त्र अधिकार हो
तिमीलाई आफ्नो मात्रै सहि निर्णय लाग्यो
मनले धन या विद्या के ठूलो वादविवाद गर्दा
छोरो मुस्कुराउँदै–मुस्कुराउँदै विद्यालय लाग्यो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया