बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरीमा आज विहान करिब ८ बजेतिर पूर्वबाट पश्चिम आइरहेको भे ११ प ७०५ नंको मोटरसाइकललाई सोही दिशाबाट आएको ना ५ ख ४२०४ नम्बरको ट्रक ठक्कर दिएको थियो। 

ट्रकको ठक्करबाट मोटरसाइकल पछाडी बसेकी बाँके बैजनाथ गाउँपालिका– २ की २८ वर्षीया दिपिका खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाईते भएका छन्।

ट्रकको ठक्करबाट खत्रीको मृत्यु भएको मृतकका आफन्तिले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरेका थिए। विहानै देखि भएको सडक अवरुद्ध दिउँसो साढे १ बजे मात्र खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-25 16:15:00

प्रतिकृया दिनुहोस्