वैदिक धर्मले नारी जगतको सम्मानमा ठुलो भुमिका खेलेको छ। "यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता:" जहाँ नारीको पुजा वा सम्मान हुन्छ त्यहाँ देवता रमाउँछन्।
नारी केवल घरको काममा सहयोगी नभएर धर्ममा अर्धािङ्गनी, धर्मपत्नी पनि हुन्। महाकालीले जस्तै दुष्टहरुलाई सम्हार गर्ने क्षमता शक्तिको रुप नारीमा छ।
महालक्ष्मी जस्तै सबै क्षेत्रमा अर्थोपार्जन गर्न सक्ने क्षमता नारीमा छ। एवम् महासरस्वती जस्तै सबै विध्यामा निपूर्ण विद्याशक्ती नारीमा हुन्छ। छोरा र छोरीको विभेद भन्ने सवालमा पनि "दशपुत्रसमा कन्या यस्यशिलवतिसुता" अर्थात सुन्दर शिल स्वभाव भएकी एउटी छोरी दस छोरा बराबर हुन्छ" भनेर उच्चतम स्थान दिएको छ।
सबै देवी देवताको नाम पनि राधाकृष्ण, सिताराम, लक्ष्मीनारायण, गौरीशंकर आदि भनेर नारीकै स्थान अगाडि दिइएको छ। वेदले सबै भन्दा पहिलो मातृदेवो भव: आमालाई देवता मान अनि बल्ल पितृ देवो भव: अनि बाबालाई देवता मान भनेर आमाको ठाँउ अग्रस्थानमा राखेको छ।
शिवको एउटा रात्री (शिवरात्री) आमाको नौ रात्रि (नवरात्री)ले पनि नारीको सम्मानमा सहयोग पुर्याएको पाइन्छ। "न गृहमित्यार्हु गृहिणी गृहमुच्यते" अर्थात घर त्यतिबेला मात्र घर हुन्छ, जतिबेला नारीको प्रवेश हुन्छ।
यी सबै प्रमाणहरुले नारी जगत् को उच्च सम्मान पुर्वीय दर्शनमा गरेको पाइन्छ।
हाम्रो संस्कार र संस्कृतिको संरक्षण गर्नु र मानव सभ्यताको सुरुवात देखि नै जीवन उपयोगी हुने र जिवनका हरेक प्राप्तिका लागि साक्षात्कार प्राप्त गरि अज्ञानताबाट मुक्ती गराउन पुर्वीय दर्शनले खेलेको भुमिकालाई एकपटक मनन गर्न जरुरी छ।
सहनशीलता, धर्य एवम् जीवनप्रती श्रद्वा सिकाउन वाधाबाट मुक्त भई जिवनयापन गर्ने, सहनशीलता, धर्यता, सामाजिकता, बौद्धिकता एवम् परिपक्वताका साथै हृदय देखिनै नारी प्रतिको सम्मान भाव हामी आजका आधुनिक मानवमा हुन जरुरी छ।
लेखक अधिवक्ता हुन्।