दाङमा दुई वर्ष कैद सजाय तोकिएका एक जना पक्राउ 

दाङमा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक जना फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका ५ बस्ने वर्ष ४४ का गोविन्दप्रसाद घिमिरे रहेका छन्। 

घिमिरेलाई जिल्ला अदालत दाङले ०७७ साल साउन २५ गते चेक अनादर मुद्दामा २ वर्ष कैद फैसला गरेको थियो। उनी सोही समयदेखि फरार रहेका थिए। 

फरार रहेका घिमिरेलाई हिजो सोमबार प्रहरीले घरबाटै पक्राउ गरेको हो। उनलाई पक्राउ गरि आज (मंगलबार) जिल्ला अदालत दाङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहन जंग बुढथापाले बताए।

प्रकाशित मिति: : 2022-04-05 21:07:00

प्रतिकृया दिनुहोस्