अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
रमेश रावत 'विक्रान्त'
मेरा बुवा-आमाले
मलाई गरिब परिवारभित्र जन्माउनु भएकोमा दोष छैन,
मेरा बुवा-आमालाई राज्यव्यवस्थाले गरिब बनाएको प्रति दोष छ!
म जन्मजात अशिक्षित परिवारको मान्छे चाहीँ हैन,
मेरो देश अशिक्षित भएर पो मेरो परिवार अशिक्षित भएको हो!
मलाई लाग्छ राष्ट्र असक्षम भए सबै असक्षम हुन्छन्,
राष्ट्र सक्षम भए त्यो राष्ट्रका नागरिक पनि सक्षम हुन्छन्!
मेरो मुटु बेचेर मेरो देशलाई धनी बनाउनु छ,
मेरो रगत बगे पनि, मेरो देशको प्रतिष्ठा मर्नु हुँदैन!
इच्छा त थियो नि मलाई राष्ट्रिय गौरवको गीत गाउने,
तर मेरा देशका शासकले दुखी, दरिद्रका गीत गाउने बनाए!
मेरो देशको कोइलीले पनि रोएर नै गीत गाउँछ,
म चाहन्छु मेरो देशको कोइलीले पनि स्वाभिमानको गीत गाओस्!
आमालाई बिरामीले च्याप्यो भने
मलाई पनि रोगले खपिनसक्नु हुन्छ।
किनकि मसँग आमालाई उपचार गर्ने पूँजी छैन,
निशुल्क उपचार गर्ने, न मेरो देशको व्यवस्था छ- न त अवस्था छ।
यी मेरा भारी प्रश्नको उतर मैले आफैबाट पाउने गर्छु,
किनकि अरुले ठोस प्रश्नको ठोस उत्तर दिन सक्दैनन्।
मुटुमा देशलाई राखेर नाङ्गो खुकुरी नचाउँदै
लड्नु छ साम्राज्यवादका विरुद्ध,
गाउने छु युद्ध मैदानमा स्वाभिमानका मिठास गीतहरु,
भत्काउने छु काला पहाडहरु,
पुर्नेछु वर्गीय खाडललाई,
र लेख्नेछु नाम 'नेपाल'को- झिकेर रगत शरिरबाट
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया