दुर्घटनामा वृद्धको मृत्यु

File photo
File photo

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ। ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो। 

प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति: : 2022-03-02 11:04:00

प्रतिकृया दिनुहोस्