देशैभरि गड्गडाइरहेको ‘गगन’
तेजन खड्का
मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो। मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ।
उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिएका छन ।
बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो। तर उनको मृत्यु नभइ हत्या भएको दाबीसहित बहिनी सदीक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो।
प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले बाँस्तोलाका साथीहरु उर्लाबारी नगरपालिका-६ निवासी ३२ वर्षीय राजेश रणपहेंली, रतुवामाई नगरपालिका-१० का २९ वर्षीय रिकेश शिवा उपनामका मेहरमान दर्जी, उर्लाबारी नगरपालिका-६ निवासी १९ वर्षीय सुदीप परियार,उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरी, उर्लाबारी-९ का ३४ वर्षीय कुमार राई र झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दिपेश पौडेलविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो।
यसअघि प्रवीणको हत्या अभियोगमा पक्राउ परेकामध्ये मोरङकै रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जेल चलान भएका हुन्।
उनीसँगै पक्राउ परेका उर्लाबारी नगरपालिका-९ निवासी ३४ वर्षीय कुमार राईलाई जिल्ला अदालत मोरङले ३ लाख धरौटीमा रिहा गरेको छ।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया