तेजन खड्का
चर्चामा रहेको प्रवीण बास्तोलाको मृत्यु प्रकरणबारे जिल्ला अदालत मोरङले पक्राउ परेका दुईमध्ये एकलाई पूर्पक्षका लागि कारागार चलानको गर्ने भएको छ भने अर्कालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ।
पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बिएल नेपाली सेवालाई जानकारी दिए।
न्यायाधीश सुदर्शन लाछिमानेको इजलासले कर्तव्य ज्यान मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि बिहीबार आदेश दिएको हो।
प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको र न्याय नपाएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए।
पत्रकार सम्मेलन गर्दै घटनाको सत्य तथ्य जानकारी लिन दुई महिना देखि बास्तोला परिवार चिन्तित भएपनि कसैको प्रभाव र दवाभमा प्रहरीले मृतकको मिसिलमा अर्कैको व्यक्तिको फोटो जानाजान राखेको पीडित पक्षको आरोप थियो।
प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो।
उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको हत्या आरोपमा प्रहरीले ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरीकै यसअघिको फितलो अनुसन्धानको कारण मुद्दा दायर गरेका मध्ये चारजना अझै सम्म फरार छन्। मुद्दामा प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी फरार छन्।
प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा चारजनालाई छाडिदिएको थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया