नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन्। भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन्।
बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ। दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनको मत परिणाम आइतबार आइसकेको छ। जसअनुसार प्रदेशसभा क्षेत्र नं. (क) मा देउवा पक्ष अर्थात जिल्ला सभापतिका उमेदवार शिवराज भट्टको प्यानल विजयी भएको छ भने क्षेत्र न (ख) मा पौडेल पक्ष अर्थात चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ।
दुवै कार्यसमितिमा सबै पदाधिकारी एकै प्यानलबाट विजयी भएका छन्। प्रदेश प्रतिनिधिमा पनि क्षेत्र (ख) मा सबै १७ जना चन्द प्यानलकै विजयी भएका छन् भने क्षेत्र (क) मा तीन जना चन्द प्यानल र अरू भट्ट प्यानलबाट विजयी भएका छन्।
बैतडी प्रदेश सभा क्षेत्र (क) को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन्।
यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी नविनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए।
यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम प्रतिद्वन्द्वी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन्।
यस्तै सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनवीरसिंह धामीले बताए।
बैतडी प्रदेश सभा क्षेत्र (क) जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानल९देउवा पक्ष०ले पदाधिकारीमा विजय हासिल गरेको हो। क्षेत्र नं ९क० मा ६४५ मत खसेको थियो।
यसैगरी बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन्।
यस्तै उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे।
यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन्।
यस्तै सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन्। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएको मतदान अधिकृत घनश्याम लेखकले बताए।
बैतडी प्रदेश सभा क्षेत्र (ख) मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारी र १७ जना प्रदेशसभा प्रतिनिधिमा विजय हासिल गरेको हो भने शिवराज भट्टको प्यानल शून्य आएको छ। क्षेत्र नं. (ख) ६७५ मत खसेको थियो।