‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेकपाका दुई पक्षले आज (मंगलबार) अलग-अलग केन्द्रीय बैठक राख्दैछन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन्। यता कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक राख्ने भएका छन्।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।
प्रचण्ड–नेपाल पक्षले आइतबार बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो भने ओलीले त्यसअघि बिहान ९ बजे नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन्।
नेपाललाई अध्यक्ष बनाउने तयारी
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गर्ने भएको छ।
उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्।
केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्ने र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने एक स्थायी कमिटी सदस्यले बताए।
उनका उनुसार बैठकबाट नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी छ।
एक स्थायी कमिटी सदस्यले भने, ‘ बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको छ। पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिनुहुन्छ।’
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै बसेको स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो।
सोमबार बानेश्वरस्थित संसद भवनमा भेला भएका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका आफूपक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंगलबार केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्ने जानकारी गराएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया