नियमविपरीत फार्मेसी चलाउने वडा सदस्यले भ्रम छरेकाे दाबी

Breaknlinks Nepali
Breaknlinks Nepali

अर्काको जमिन हड्पेर फार्मेसी सञ्चालन गर्दै आएका उर्लाबारी–३ का वडा सदस्य सोमप्रसाद तिम्सिना 'राम'ले धम्कीपूर्ण स्टाटस लेख्दै आफ्नो बचाउ गरेका छन्।

उर्लाबारी–३ की बालादेवी गौतमको नम्बरी जमिन कब्जामा लिएर स्थानीय शक्तिको आडमा तिम्सिनाले फार्मेसी चलाएको समाचार केही दिनअघि बिएल नेपाली सेवामा प्रकाशन भएको थियोे।

पूर्व–पश्चिम राजमार्गको १०३ क्षेत्रभित्र संरचना बनाउन नपाइने भएतापनि वडा सदस्य सोमप्रसादले निजी जमिन नै हड्पेर फार्मेसी चलाउँदै आएका छन्।


जनप्रतिनिधि नाम बद्नाम: वडा सदस्य हुँदै यस्तो, माथिल्लो पद पाए कस्तो ?


उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पतालको मुख्य गेटमै मुस्किलले एक धुर जमिनमा उनले फार्मेसी खोलेका हुन्। सम्बन्धित निकायले जमिन धनी गौतमलाई बहाल तिर्न वा हट्न ताकेता गरेपनि तिम्सिनाले अटेरी गर्दै आएका छन्।

उनले जबर्जस्ती गरेपछि जग्गाधनीको गुनासो मिडियामा सार्वजनिक भएसँगै तिम्सिनाले आफ्नो फेसबुक पेजमा बचाउ गर्दै लामो स्टाटस लेखेका हुन्।

उनले आफ्नाे पक्षमा बचाउ गरेर स्टाटस लेखेपनि सबै भ्रम छर्ने कार्य मात्रै भएको बालादेवीका देवर चन्द्रप्रसाद गौतमले बताएका छन्।

तर तिम्सिनाले भने आफूमाथि लगाइएका सबै, आराेप गलत भएकाे दाबी गरेका छन्। उनले भने, ‘मेराे बद्नाम गर्नका लागि यस्ता आराेप लगाइएकाे हाे।’

जनप्रतिनिधिकाे मनोमानी: जग्गा हडपेर मापदण्डविपरीत फार्मेसी सञ्चालन


प्रकाशित मिति: : 2022-02-07 06:39:00

प्रतिकृया दिनुहोस्