विक्रम पवन परियार
हिमालजस्तो स्वाभिमान भएकाे
बुद्धकाेजस्ताे विचार भएकाे
म एक वीर गाेर्खाली हुँ ।
अदम्य साहस बाेकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्ताे फराकिलाे छातीमा
आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा ।
छाेडेर पर्देशमै हरियाे पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग ।
गाउँमा चर्किएका घरका भित्ताहरू
माटाेले टालेर सुन्दर बनाउनु छ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलाे बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो याे निश्चल आँखामा हिमाल हाँस्छ
डाँफे चरिका रङ्गिन प्वाँखजस्तै
रङ्ग्याउन बाँकी छ मेरो देशको सपना
र देशकाे खम्बा भएर बाँच्नु छ मलाई ।
लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेकाे गुँरासजस्तो
सगरमाथा चढ्ने आराेहीका पैतालाजस्ताे
हामीले यो युगकाे गीत लेखाैँ ।
अब खनौँ आफ्नै बाटो - कोदाली भएर
अब जोडौँ हजार सपनाहरू - पुल भएर
फर्क युवा हाे फर्क
याे देशकाे ईतिहास हामी आफैँले लेख्नुपर्छ ।
युग बदल्ने जोसिला पाईलाहरू
उर्जाशिल मुठ्ठीहरू
गाेलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा युगान्तकारी नक्सा कोरौँ
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हाे देश फर्क
हामी हाम्रो पिढीको लागि देश भएर बाँचाैँ ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया