बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरू र युवाहरूले सडक प्रदर्शन गरेका छन्।
काठमाडौंको लैनचौरबाट निस्किएका युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयसम्म मार्चपास गरेका छन्।
उनीहरूले युवा नेता सुहाङ नेम्वाङलाई पन्छाएर पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाएकोमा चर्को असन्तुष्टि जनाएका छन्।
बादललाई निर्विरोध निर्वाचित गराउन सुहाङलाई उम्मेदवारीबाटै वञ्चित गराएको भन्दै युवाहरूले महासचिवको राजीनामा माग गरेका हुन्।
उनीहरूले पोखरेलको राजीनामा माग्दै पार्टीमा युवाहरूले अवसर पाउनुपर्ने, पार्टी कब्जा गर्न नपाइने जस्ता नारा लगाएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया