चिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका–१ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ।

 त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे।

वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए।

उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ।

प्रकाशित मिति: : 2022-02-01 06:55:00

प्रतिकृया दिनुहोस्