‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
सत्ता र पहुँचको आडमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ‘हाई प्रोफाइल’हरू क्रमशः अनुसन्धानमा तानिने क्रम जारी छ।
पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार भएका छन्। उनी पछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि प्रहरीको पक्राउ सूचीमा परेका छन्।
बयानका क्रममा अभियुक्त केशव दुलाल र सन्देश शर्माले आफूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन बालकृष्ण पनि संलग्न भएको बयान दिएपछि प्रहरीको निगरानीमा परेका छन्।
दुलालले बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई पाँच करोडौँ रुपैयाँ बुझाएको बयान दिएको प्रहरी श्रोतले बताएको छ। दुलालको बयानलगत्तै खाँणले प्रहरी अधिकारीलाई घरमा बोलाएर आफूले लिएको पैसा फिर्ता गर्न तयार रहेको तर यो प्रकरणमा नमुछिदिन आग्रह गरेका थिए।
तर, अभियुक्तले निरन्तर नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको पनि संलग्नता रहेको बताएपछि प्रहरीले प्रक्रिया पुर्याएर पक्राउ गर्ने तयारी गरिरहेको छ।
गृहमन्त्री भएको बेला गृह मन्त्रालयमा भुटानी शरणार्थीको नाममा रकम उठाउने एजेण्ट गजेन्द्र बुढाथोकीले मन्त्रालयमा भेटेको बयान पक्राउ परेकाहरुले बयान दिएका छन्।
नेपाली काँग्रेस दाङका नेता वुद्धिराम भण्डारीलाई लिएर पटक-पटक खाँणलाई गृह मन्त्रालयमा भेटेका थिए। खाँणले यसअघि पक्राउ परेका दुलाल र सानु भण्डारीलाई छोड्न दबाब दिएका थिए। तत्कालीन गृहमन्त्री खाँणले अभियुक्त सन्देश शर्मालाई उतिबेर काठमाडौँमै संरक्षण दिएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया