
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
बिएल संवाददाता
सत्ता र पहुँचको आडमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ‘हाई प्रोफाइल’हरू क्रमशः अनुसन्धानमा तानिने क्रम जारी छ।
पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार भएका छन्। उनी पछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पनि प्रहरीको पक्राउ सूचीमा परेका छन्।
बयानका क्रममा अभियुक्त केशव दुलाल र सन्देश शर्माले आफूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन बालकृष्ण पनि संलग्न भएको बयान दिएपछि प्रहरीको निगरानीमा परेका छन्।
दुलालले बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई पाँच करोडौँ रुपैयाँ बुझाएको बयान दिएको प्रहरी श्रोतले बताएको छ। दुलालको बयानलगत्तै खाँणले प्रहरी अधिकारीलाई घरमा बोलाएर आफूले लिएको पैसा फिर्ता गर्न तयार रहेको तर यो प्रकरणमा नमुछिदिन आग्रह गरेका थिए।
तर, अभियुक्तले निरन्तर नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको पनि संलग्नता रहेको बताएपछि प्रहरीले प्रक्रिया पुर्याएर पक्राउ गर्ने तयारी गरिरहेको छ।
गृहमन्त्री भएको बेला गृह मन्त्रालयमा भुटानी शरणार्थीको नाममा रकम उठाउने एजेण्ट गजेन्द्र बुढाथोकीले मन्त्रालयमा भेटेको बयान पक्राउ परेकाहरुले बयान दिएका छन्।
नेपाली काँग्रेस दाङका नेता वुद्धिराम भण्डारीलाई लिएर पटक-पटक खाँणलाई गृह मन्त्रालयमा भेटेका थिए। खाँणले यसअघि पक्राउ परेका दुलाल र सानु भण्डारीलाई छोड्न दबाब दिएका थिए। तत्कालीन गृहमन्त्री खाँणले अभियुक्त सन्देश शर्मालाई उतिबेर काठमाडौँमै संरक्षण दिएका थिए।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया