आँखामा बिझाउने बनेको ती यादहरूमा
ब्ल्याक कफिसँगै
गाढा आँखाहरू साटीएका छौं हामीले
मसँग कहाँ म मात्रै छु
यो जमिनको जोत
निर्धाहरूका ओत
पिँढीमा लालसलाम कोरेपछि
ढलेका सहयोध्दाको सपना
समृद्धिले चालेको पैंताला
अभावले स्थापित क्रान्तिकारी पूँजीवाद
अहमका जल्लाद, ठेकेदारबाट अतासिएको जनवाद
हेडक्वार्टरको हिजोको फतवा,
आजको लालसले
छियाछिया आँखीझ्याल बनेको हृदयमा
जसरी शान्त आउँछ तिम्रो पदचापहरू
त्यसरी नै आएको हुनुपर्छ
तिम्रो हृदयमा हलचल
विचारको बेसारे कुराहरू
प्वाँख झरेका पंक्षी जस्तै निशस्त्र भएपछि
हाम्रो जमिनमै धमिराहरूले घर सजाईसके
त्यसैले मलाई अब प्रेमले चलाउनु छ
तिमीभित्र दुई तिहाईको मानवीय सत्ता
यहाँ विचारले दिएको विभेद सबैभन्दा नृशंस छ
के उतिबेलाको अन्तराष्ट्रिय गीत
राष्ट्रिय अठोट
र, हाम्रो साझा सपना याद छ
मेरो योध्दा ?
धेरै नै राम्रो लेख्👍️
धन्यवाद तथागतज्यू 🙏🙏
अनिता लामाजी को राम्रो कविता ! फेरि फेरि पढ्न पाउ