नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माेहलाल चन्द ‘आधार’ पक्राउ परेका छन्।
नेपाल बन्द सफल पार्न सडकमा उत्रिएका ‘आधार’सहित ११ जना काभ्रेबाट गिरफ्तार परेकाे नेकपा निकट अनेमसंघ केन्द्रीय अध्यक्ष बन्दु चन्दले बताइन्।
पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध नेकपाले आज नेपाल बन्दकाे आह्वान गरेकाे थियाे। बन्द सफल पार्न नेकपाका थुप्रै नेता कार्यकर्ता सडकमा निस्किएका छन्।
बन्दमा काठमाडौं उपत्यकाकासहित देशका मुख्य सहरहरुमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ। अहिलेसम्म देशका बिभिन्न ठाउँमा २ दर्जनबढी नेता कार्यकर्ता पक्राउ परेका छन्।
महाराजगञ्जबाट युवा संगठनकी महासचिव विदुषीसहित २ जना र साँखुबाट दुई जना गरी पाँच जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ।