१८ मगरातको सबैभन्दा ठूलो विशेष चाड भूम्या (भूमे) पर्व सुरु भएको छ। रुकुम (पूर्व), रोल्पा र वाग्लुङको निसिभल्कोटलगायत क्षेत्रमा असार १ गतेदेखि ५ दिनसम्म धुमधामले याे पर्व मनाइन्छ।
जेठ मसान्तको अघिल्लो दिन लेकमा फूल टिप्न जान्छन र पन्थेउली देवताको पूजा गरिन्छ, मगरहरू। गाउँ बस्तीमा भने भूमि अथवा भूम्या देवतालाई बली दिएर पूजा गर्ने परापूर्वकालदेखि प्रचलन छ।
मगरकाे बाहुल्यता रहेको यस क्षेत्रमा भूम्या पर्व परापूर्वकालदेखि मनाउने गरिएको छ। ‘मगर जातीहरु प्रकृति पुजक हुन, उनीहरुले प्रकृतिलाई पूजा गर्ने भएकोले जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म भूमे पर्व मनाइन्छ,’ भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढामगरले बताए।
हिउँदे बाली भित्रिएको र वर्षे बाली सुरु भएको खुसियालीमा यो पर्व मनाइने उनले जानकारी दिए। बालीनाली सप्रोस र प्रकृतिक प्रकोपबाट हानी नोक्सान नहोस् भनेर यो क्षेत्रका बासिन्दाले भूम्या पर्व मनाउने गरिन्छ।
सांस्कृतिक अभियान्ता क्याङ्सी निवासी तिलक रोकामगरले यो पर्व मगरलगायत दलित समुदायले अत्यन्तै हर्षोलासाथ मनाउने गरेकाे बताए।
दुई वर्ष कोरोना महामारीले मन खोलेर मनाउन नपाएका यहाँका मगर समुदायले कोरोना महामारी साम्य भएसँगै याे वर्ष भूमे पर्व धुमधामले मनाउन सुरू गरेका छन।
भूमे गाउँपालिका वडा न. १, लुकुमका बासिन्दाहरुसँग अङने डाँडा (करिब ३९०० मिटर) को लेकमा फूल टिप्न सयौं स्थानीय युवा युवतीहरुसँग जेठ मसान्तको अघिल्लो दिन प्रस्थान गरेका थियौं। करिब ३ घण्टाको उकालो पैदल यात्रा निकै कठिन तर रोमाञ्चक थियो। स्थानीय बाजा–गाजाका साथ नाच्दै गाउँदै टोली साँझ सलाराल्सयु (३२०० मिटर) मा अवस्थित गोठमा बास बस्न पुगियो। त्यस बेलुकी रातभर दोहोरी गीत र भूमेमा नाच्दै रात बितायाैँ। स्थानीय बाजा–गाजाको साथमा नाच्दै गाउँदै टोली साँझ सलाराल्स्यु (३२०० मिटर) अवस्थित गोठमा बास बसेर अर्को दिन बिहानै ३ बजे नै उठेर टोली गन्तव्यतर्फ लागेकाे थियाे।
३९०० मिटरको अङने लेकमा पुगेर रथ विरथ, काकाला कुबुली, टाके कुईरे, बुकी पाती, ढस्कनी, साजेला माजेला, विन्जौरी, चेमाली, कोराली, झिलाजस्ता रंगरिबिरंगी फूलहरु झोलाभरि बाेकेर युवा–युवतीहरु लोगोपो (३४०० मिटर) भन्ने स्थानमा फर्किएका थिए। सबैजनाले एक आपसमा फूल आर्दाननप्रदान गरे, पन्थेउली (थान) मा धजा चढाएर पुर्खालाई सम्झिदै भूमे नाचमा रमाए।
लोगोपोमा विभिन्न थरअनुसार अलग–अलग पन्थेउली बनाइएको थियो। सबैले आ-आफ्नालाई पुर्खा सम्झेर पूजा गरे र आशिर्वाद समेत लिए।
फर्किँदा पछ्यौरी गाँसेर उनीहरु लामबद्ध भएर बाजा–गाजासहित नाच्दै गाउँदै ठाउँठाउँमा पन्थेउलीमा बिसाउँदै, धजा-धुप र फूल चढाउँदै लुकुम गाउँतर्फ फर्किएका थिए। पहिलो पटक लेकमा फूल टिप्न गएकालाई बोकेर पन्थेउली वरपर ३ पटक घुमाएका थिए।
लुकुम गाउँमा स्थानीय बासिन्दाले फूल टिप्न जाने टोलीलाई भव्य स्वागत गरे। गाउँलेहरुले खाजा नास्ता टक्रयाउँदै र लेकबाट फर्किएका टोलीले गाउँलेलाई फूलहरु बाँडेर खुसी साटासाट गरेका थिए।
१८ मगरात क्षेत्रका ठूलो पर्व भूम्या अर्थात् भूमे पर्व
१८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका निसिभल्कोट भेकका मगर बाहुल्य गाउँ/बस्ती हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ।
विभिन्न गाउँ ठाउँअनुसार यो पर्वलाई बलपूजा, बल्क, नाम्के, झ्यामकुरी र नोगोवाङ्गे भन्ने गरिन्छ।
प्रत्येक साल असार १ गते सुरू भएर हप्ता दिनसम्म मनाइने भूमे पर्व यो क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। पर्व सुरू हुनुभन्दा केही दिन अगाडिदेखि गाउँ ठाउँमा भेला भएर साँझ पूर्वाभ्याससमेत गरिन्छ।
विभिन्न गाउँका बासिन्दा आ-आफ्नो लेकमा फूल टिप्न जान्छन। पहिलो दिन बिचमा बास बस्छन। र, दोस्रो दिन गाउदै डोको र झोलामा बुकी फूल टिपेर गाउँ फर्किन्छन।
बुकी फूल ल्याएपछि भूमिको पूजा गरिन्छ। स्थानीय विधिअनुसार बली दिएर बल्ल पूजा गरिन्छ। लुकुममा श्रीपाली थरका पुजारीले थानमा पूजा गरेर भेडालाई मन्साईन्छ। त्यसपछि भेडालाई गाउँ डुलाईन्छ। गाउँ बाहिर लगेर मगर थरका पुजारीद्वारा बली दिने प्रचलन छ। त्यसपछि स्थानीयबासीले परम्परागत बाजाको तालमा ताल मिलाउँदै २२ चाला नाच्दै हप्ता दिनसम्म निरन्तर नाच गानमा रमाउँछन।
पर्वभरि युवा–युवती, महिला-पुरूष गोलाकार भई दुई पङ्तिमा स्थानीय बाजाको धुनमा लयबद्द रुपमा धुमधामले नाच्छन। परिवारजन, साथी–भाइ भेटघाट र मिठो मसिनो खानपिन गर्ने र पाहुनालाई आदर सत्कार गर्दै हर्षोल्लासका साथ मनाउने गर्छन।
मगरहरु प्रकृतिक पूजक भएकोले भूमिलाई पूजा गर्ने चलन छ। भेडा, कुखुरा र सुँगुरको बली चढाएर बल पूजा मनाइन्छ। अन्न बाली सप्रियोस, प्राकृतिक बिपत्तिबाट जोगिन सकौं, घर परिवारमा निरोगिता छावस, गाउँ समाज र आफन्तमाँझ सामाजिक सद्भाव कायम राख्न यो पर्व विशेष रूपले मनाउँदै आएको छ।
यो पर्व विशेषत मगर बाहुल्य रूकुम (पूर्व) का महत, सिमा, धर्मशाला, काँक्री, लुकुम, क्याङसि काँडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ आदिमा मनाइन्छ। त्यस्तै रोल्पाको थवाङ, जेलबाङ, गाम, उवा, मिरूल, धाङसी, सेरम तथा पश्चिम बाग्लुङको निसी, भलकोट, बोवाङका गाउँ वस्तिमा भूमे पर्व धुमधामले मनाउने गरिन्छ।
कोरोना महामारीले दुई वर्ष जति प्रभावित भूमे पर्व रुकुम-रोल्पाका गाउँ बस्तिमा धुमधामले मनाइरहेका छन। पर्व ५ दिन सम्म चल्ने छ।
लुकुम गाउँका मनाइएका भुमे पर्वका झलकहरुः
Nepal is a land o Festivals.I'm Newar.From my childhood, my Newar family continuing our Newari Festivals till now. As the raining season in Kathmandu stopped, start our Newari Festivals. For example, Indra (Kumari Jatra) Jatra is our first festival of the year. At the meantime,Tourists from the different part of the world visiting here in order to observe World only one unique Living Godesses Kumari traditional Festival. Doesn't matter how small our Country Nepal is, Famous in this Globe as Multi Religions , Multi Culture country .No more discussion in-between them , together we called it as good harmony bonding. Our country Nepal is landlocked country too.We have not only studied but also scientifically proved by live Demonstrations. Since time of immemorial, Bhume Puja - Bhume Parba in East Rukum continuing as famous Fest of Magar Community .It is just my Bird sight view study, planning to observe myself live soon there .All credits regarding this informations on above Festival goes to Journalist Mr. Robin Magar from Rukum.I do respect him from my bottom of my heart. Finally, I became more curious to observe Bhume Parba, Bhume Naach myself live.Hope, my all respective Magars families will co-operate positively to make my dream true. Dhanebaad.