प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आह्वान गरेका छन्।
बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका हुन्।