काेराेना कहर

२ लाख ४७ हजार ५ सय पुगे काेराेना संक्रमित, मृतक १६ सय ८९

बिएल संवाददाता

काठमाडाै‌ं

पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

आज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा ३ सय ८१, भक्तपुरमा ३३ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका हुन्।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। 

हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन्।

उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन्।  

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै १६ सय ८९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-12 17:27:00

प्रतिकृया दिनुहोस्