माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
रविन पुन मगर (आइडु)
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले ललितपुरकाे फर्सीडोलमा विशेष रोपाइँ कार्यक्रम गरेर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाएकाे छ।
प्रत्येक वर्षअसार १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ। यसदिन देशभरका किसानहरु धान रोपेर दही चिउरा खाँदै विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने परम्परा रहिआएको छ। यसदिन रोपाहारहरुले हिलो छ्यापा–छ्याप गरेर पनि मनोरञ्जन गर्ने गर्दछन्।
बुधबार फर्सीडोलमा भएको सो कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, नेत्री करिशमा मान्नधार तथा रेसलर भगवती खड्का, अस्मिता जुरेली लगायतकाे सहभागीता रहेकाे थियाे।
नेपालको कृषि क्षेत्रलाई आयत प्रतिस्थापन गर्ने मात्र नभई उत्पादनमा वृद्धि गरी निर्यात गर्न सक्ने बनाउनुपर्ने महासचिव पोखरेलले बताए। कृषिलाई आधुनिक र प्रविधिक रुपमा अगाडि लैजान सके देशका अधिकांश युवाहरु रोजगारीका लागि विदेशिनु नपर्ने उनको भनाइ थियाे।
दही चिउरा खाने चलन परापूर्वकालदेखि नै चल्दै आएको पाइन्छ। तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभए पनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ। हुन त दही चिउरा खानका लागि कुनै दिन पर्खिनु पर्दैन तर यो दिन दही चिउरा खान विशेष मानिन्छ। संस्कृतिकर्मीकाअनुसार माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो।
रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय नलाग्ने भएकाले यो प्रचलन सुरू भएको मान्यतन रहेको छ।
हरेक वर्ष राष्ट्रिय युवा संघ नेपालले धान दिवसको अवसरमा कार्यक्रम गर्दै आइरहेकाेछ।


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया