बारका अध्यक्ष श्रेष्ठले भने- चोलेन्द्र बिचौलियाका नाइके हुन्

Photo-NK
Photo-NK

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिचौलियाका नाइके भएको आरोप लगाएका छन्।

प्रधानन्यायाधीश जबराले नियमित पेसी तोकेपछि बारकाे धर्ना र कोणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन्।


प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आज पनि बारको आन्दोलन जारी 

प्रधानन्यायाधीशले तोके सबै मुद्दाका लागि इजलास, न्यायाधीश भन्छन्– इजलास जाँदैनौँ

‘बिचौलियाको जड, नाइके चोलेन्द्र शमशेर हो। उनलाई नहटाएसम्म बिचौलिया हट्दैन,’ उनले भने, ‘सेवाग्राही पनि समस्यामा छन्। बिचौलियाबाट पीडित छन्। सेवाग्राहीलाई पनि केही दिन साथ दिन अनुरोध गर्छु।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश न्यायालय बचाउन होइन पद बचाउन लागेको आरोप समेत लगाएका छन्।

‘प्रधानन्यायाधीश न्यायालय बचाउन होइन पद बचाउन लागे,’ उनले भने, ‘आफू खुसी पेसी तोके। न्यायाधीश र बारको विश्वास जित्न सकेनन्।’


बारका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित ३ महिला पक्राउ 

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

श्रेष्ठले भने, ‘चोलेन्द्रको संरक्षण दलहरूले गर्ने होइन। संविधान र कानुनले गर्ने हो। चोलेन्द्र बचाउने नाममा संविधान र बारलाई कुल्चिनु हुन्छ भने त्यसको परिणाम ठिक हुनेछैन।’ 

प्रकाशित मिति: : 2021-11-09 12:57:00

प्रतिकृया दिनुहोस्