प्रधानन्यायाधीश जबराले हेर्न थाले मुद्दा, न्यायाधीशहरू आन्दोलनमा

फाइल तस्वीर
फाइल तस्वीर

'मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु'

‘चोलेन्द्रले एक क्विन्टल नोट घूस बुझे तर मुद्दा हराइदिए, घूस फिर्ता गरेनन्’

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनका नौ अन्तर्य 

'राजीनामा गर्नुपर्ने हो भने पुनर्स्थापनाको फैसला गर्ने सबैले गर्नुपर्छ'

जबरालाई राजीनामा दिन चार पूर्वप्रधानन्यायाधीशको आग्रह

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सकियो



सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजबाट एक्लैले मुद्दाको सुनुवाइ थालेका छन्।

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्दा राखेर आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाइ थालेका छन्।

दुई दिनसम्म पेसी तोके पनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै बुधबारबाट इजलासमा मुद्दा आफूलाई समेत तोकेका छन्।

असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन्।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन्। तर, जबराले भने इजलासमा सुनुवाइ थालेका हुन्। सुनुवाइ थाले पनि बहसका लागि कानुन व्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन्।

एकजना कानुन व्यवसायी इजलासमा पुगे पनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन्।

प्रकाशित मिति: : 2021-10-27 13:07:00

प्रतिकृया दिनुहोस्