मैले राजीनामा गर्नुपर्ने हो भने प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने सबैले गर्नुपर्छ: प्रधानन्यायाधीश राणा

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसँग राजीनामा माग्ने हो भने विवादमा परेका सबै न्यायाधीशहरुले राजीनामा गर्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको मंगलबार बिहान भएको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकको आवाजका भरमा राजीनामा नगर्ने पनि बताए।

बैठकका एक सहभागीले दिएको जानकारीअनुसार, राणाले आफूले राजीनामा गर्नुपर्ने भए कम्तिमा पनि प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने संवैधानिक इजलाशका पाँच जना न्यायाधीशहरुले राजीनामा गर्नुपर्ने उनको आशय थियो।

प्रधानमन्त्री राणाले भनेका थिए, 'विवादमा परेका र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु। सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन। म संवैधानिक बाटोबाट आएकोले संविधानअनुसार नै कायम रहन्छु।'

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतका १४ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर उनलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। प्रधानन्यायाधीशसँगको छलफल जारी छ।

प्रकाशित मिति: : 2021-10-26 13:23:00

प्रतिकृया दिनुहोस्