बिएल संवाददाता
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाकाे मृत्यु भएकाे छ। १३ जनामध्ये अहिलेसम्म चार जना नेपालीकाे सनाखत भएकाे छ। सबै मृतकहरूको सनाखत नभएका कारण नेपालीकाे संख्या अझै यकीन छैन।
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार मृत्यु हुने नेपालीमध्ये अहिलेसम्म १३ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, ४३ वर्षीया कमला भण्डारी र बाबु खानकाे पहिचान भएकाे छ।
बुधबार साँझ पाैने पाँच बजेतिर महाराष्ट्रकाे जलगाउँमा उक्त दुर्घटना भएकाे थियाे। खासगरी पुष्क एक्सप्रेसमा आगाे लागेकाे हल्ला फैलिएपछि यात्रुहरूले रेलकाे चेन खिचेर राेकेका थिए। त्यसपछि त्याे रेलबाट यात्रुहरू ओर्लेर भागदौड गर्न थाले र अर्काे ट्र्याकबाट आएकाे कर्नाटक एक्प्रेसकाे रेलले कैयाै यात्रुलाई कुल्चेकाे थियाे। घटनास्थल मुम्बईबाट लगभग ४ सय किलाेमिटर टाढा पर्छ। र त्यो निकै मोड भएकाे स्थान थियाे।
दुर्घटनाप्रति भारतीय प्रधानमन्त्रीलगायत सबै राजनीतिक दलहरूले दु:ख व्यक्त गरेका छन्। राज्य सरकारहरूले घाइतेहरूकाे निशुल्क उपचार र ५० हजार रुपैया राहतकाे घोषणा गरेका छन् भने मृतकलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने घाेषणा गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया