बिएल संवाददाता
‘चुपचाप एक अमूल्य मत, सशक्त संस्था हाम्रो अभिमत’ भन्ने नाराका साथ अपु लाल अवाले ले ललितपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
संस्थालाई थप पारदर्शी, उत्तरदायी, जुझारु र गतिशील बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएका अवालेले व्यवसायीहरूको हकहित संरक्षण, व्यापार प्रवर्द्धन र संस्थाको साख पुनःस्थापनालाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
हाल ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका अवाले पाटन स्टे एसोसिएसनका सचिव समेत हुन्। साथै, उनी Peace & Joy Tour & Travel, Peace & Joy Guest House, Chinese–Nepali Golden Bridge Pvt. Ltd. तथा Peace Residence का प्रबन्ध निर्देशक (Managing Director) को जिम्मेवारीमा रहेका छन्।
करिब चार दशकको सार्वजनिक, सामाजिक तथा व्यावसायिक अनुभव बोकेका अवालेले ललितपुर महानगरपालिकामा वि.सं. २०५० देखि २०७० सम्म अधिकृतका रूपमा प्रशासन, कर, योजना, बजार व्यवस्थापन तथा पर्यटन क्षेत्रमा काम गरेका छन्।
त्यसपछि उनले वि.सं. २०७३ देखि २०७७ सम्म नेपाल–चाइनीज गाइड एसोसिएसनको संस्थापक अध्यक्ष का रूपमा कार्य गर्दै नेपाल–चीन पर्यटन सम्बन्ध विस्तार तथा पर्यटन क्षेत्रको विकासमा योगदान दिएका छन्।
अवालेले वि.सं. २०७७ देखि २०७९ सम्म ललितपुर उद्योग वाणिज्य संघको पर्यटन, संस्कृति तथा सम्पदा संयोजक को जिम्मेवारी सम्हालेका थिए। उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पर्यटन, हवाई तथा यातायात समिति एवं बागमती प्रदेश पर्यटन समितिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
त्यस्तै, पाटन पर्यटन विकास संस्था का सह–सचिवका रूपमा पर्यटन प्रवर्द्धनमा योगदान दिएका अवाले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थामार्फत संस्कृति, सम्पदा संरक्षण, कला, हस्तकला तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा निरन्तर सक्रिय छन्।
व्यवसायीको हितलाई प्राथमिकता
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अवालेले व्यवसायीको व्यापार प्रवर्द्धन र संरक्षण, स्थानीय सरकारसँग सहकार्य, कर प्रशासन तथा वाणिज्य विभागसँग समन्वय, सुरक्षा निकायसँग सम्बन्ध विस्तार, वस्तुगत संघ तथा एसोसिएट संस्थाहरूलाई सशक्त बनाउने एजेन्डा अघि सारेका छन्।
उनले ललितपुरको संस्कृति, सम्पदा, हस्तकला र पर्यटन क्षेत्रको विकाससँगै ‘Lalitpur Handicraft City’ अवधारणाको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य, शिक्षा तथा क्षमता विकासका कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र व्यापारिक अवसर सिर्जना गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।
संस्थाको सेवाका लागि उम्मेदवारी
अवालेले आफू पदका लागि नभई संस्थाको सेवाका लागि उम्मेदवार बनेको बताएका छन्। उनले संस्था कुनै गुट वा समूहको नभई सम्पूर्ण सदस्यहरूको साझा संस्था हुनुपर्ने धारणा राख्दै निर्णयहरू व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई केन्द्रमा राखेर हुनुपर्ने बताए।
योग्यता र क्षमताको सम्मान, व्यवसायीको आवाजलाई संस्थाको आवाज बनाउने तथा सदस्यहरूले आफ्ना समस्या निर्धक्क रूपमा राख्न सक्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।
उनले सदस्यहरूको एक–एक अमूल्य मतले संस्थाको कार्यशैली, सोच र संस्कारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै चुनावी अभियानमा साथ र सहयोगका लागि आग्रह गरेका छन्।
अवालेले ललितपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्वर्गीय बेखानाथ श्रेष्ठ प्रति सम्मान व्यक्त गर्दै संघका सम्पूर्ण पूर्वअध्यक्षहरूले संस्थाको विकास र उन्नतिमा पुर्याएको योगदानको उच्च कदर गरेका छन्। उहाँहरूको अनुभव, सल्लाह र सुझावलाई आत्मसात् गर्दै संस्थाको गरिमा अझ उचाइमा पुर्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया