प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सकियो

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सकिएको छ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच पछिल्लो समय देखिएको विवादको विषयमा छलफल भएको हो।

न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरुले प्रधानन्यायाधीशसंग छलफल गरेका हुन्।

प्रधानन्यायाधीशसँगको छलफलपछि न्यायाधीशहरू पुनः आन्तरिक छलफलमा जुटेका छन्।

जबरा सत्ता भागवण्डालगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरु विद्रोहमा उत्रिएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको छ। 

प्रकाशित मिति: : 2021-10-26 13:09:00

प्रतिकृया दिनुहोस्