नेकपा (एस)बाट मन्त्रीकाे लागि पक्का भए यी नेताहरू, कसलाई कुन मन्त्रालय ?

गठबन्धन सरकार गठन भएकाे करिब ढाइ महिनापछि अन्ततः नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुकाे नाम टुंगाे लगाएकाे छ।

आइतबार बसेकाे गठबन्धन बैठकमा पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा सहभागी हुने मन्त्रीकाे सूची बुझाएका हुन्।

सूचीमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठकाे नाम रहेकाे नेकपा (एस)कै एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए।

गठबन्धनभित्रकाे भागबण्डाकाे आधारमा नेकपा (एस)ले ६ मन्त्रालय पाउने पक्का भएकाे छ। साेही अनुसार महिला तथा बालबालिका मन्त्रालय झाँक्रीलाई, खेलकुद मन्त्रालय जीवनराम श्रेष्ठलाई, शिक्षा मन्त्रालय विराेध खतिवडालाई, संस्कृति तथा पर्यटन मन्त्रालय चाैधरीलाई जिम्मेवारी दिने प्रबल सम्भावना छ।

मुलतः दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएर अब दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सरकारले तयारी थालेकाे छ। 



प्रचण्डकाे उद्घाेष- 'देउवाजी, यस्तै हाे भने हाम्रा मन्त्रीलाई फिर्ता बाेलाउनुपर्ने हुन्छ'

माधव नेपालसँग भेटेर पेरिसडाँडा फर्किए प्रचण्ड, सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बाेलाउने धम्की

प्रकाशित मिति: : 2021-09-27 18:18:00

प्रतिकृया दिनुहोस्