प्रचण्डकाे उद्घाेष- 'देउवाजी, यस्तै हाे भने हाम्रा मन्त्रीलाई फिर्ता बाेलाउनुपर्ने हुन्छ'

Breaknlinks
Breaknlinks

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री शेरबहादुर देउवाले अब एक साताभित्रसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बाेलाउने उद्घाेष गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकमा प्रचण्डले आफ्ना दुई मन्त्रीहरुलाई फिर्ता बाेलाए पनि सरकारलाई भने समर्थन गरिरहने बताएका हुन्।

बैठकमा बाेल्दै उनले भने, 'राजनीतिक दलसम्बन्धी अध्यादेशकाे विवाद कसरी टुंग्याउने र मन्त्रिपरिषद् कसरी विस्तार गर्ने भन्ने निर्णय प्रधानमन्त्रीकै हातमा छ। उहाँले निर्णय नै लिन सक्नु भएन।'

उनले थप्दै भने, 'माधवजीहरुलाई कन्भेन्स गर्ने प्रमुख जिम्मेवारी पनि उहाँकाे नै हाे। सकिन्छ भने मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुहाेस्। नत्र जनताले आलाेचना गर्न थाले। यस्तै रहिरहने हाे भने मैले पनि सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बाेलाउनू पर्ने हुन्छ।'

बैठकमा गत भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कसरी टुंग्याउने भन्नेबारेमा महत्वपुर्ण छलफल भएकाे बताइएकाे छ।

त्यसाे त बैठकमै एक जना नेताले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा जनताले प्रधानमन्त्री शेरबहादुर देउवालाई  ‘सारबहादुर’ भन्न थालेकाे बताएपछि एकछिन माहाेल नै राेमाञ्चक बनेकाे थियाे।

बैठकमा सबै दलका शीर्ष नेता उपस्थित भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन्। उनकाे सट्टा डा.बाबुराम भट्टराई र महेन्द्र यादव उपस्थित थिए।

प्रकाशित मिति: : 2021-09-26 19:03:00

प्रतिकृया दिनुहोस्