माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
ईश्वरी राई (इशु)
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरप्रमुख पदका लागि आकांक्षीहरू बढिरहेका छन्।
आउँदो स्थानीय तह निर्वाचनका लागि कस्तो नेतृत्व चुन्ने भन्ने विषयमा बहस र पैरवी चलिरहेको छ। देशभर स्थानीय तह चुनावको माहोल हुँदा गोकर्णेश्वरमा नगरपालिकामा पनि मेयर पदका लागि दौडधुप चलिरहेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेबाट दर्जनभन्दा बढी गोकर्णेश्वरको मेयरको आकांक्षी देखिएका छन्।
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसबाट मात्रै ५ जनाले आकांक्षा देखाएका छन्। जसमा सन्तोष चालिसे, दीपक रिसाल, विमल ठकुरी, कुमार सुबेदी र श्रीकृष्ण ज्योती रहेका छन्। तर, अन्तिम समयमा कसले मेयरको टिकट ल्याउँछ, त्यो भने हेर्न बाँकी छ।
गोकर्णेश्वरका हालका मेयर हुन्–सन्तोष चालिसे। उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ९००९ मतसहित विजय हासिल भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद चौलागाईंले ७५९५ मत प्राप्त गरेर पराजित भएका थिए।
आफ्नो कार्यकालमा सफल भएका दाबी गर्ने उनी पुनः मेयरमा उठ्न लागेका हुन्। ‘मैले मेरो कार्यकाल सफलताका साथ पूरा गरेँ। मैले जे गरेँ त्यो समाज र नगरको लागि गरेँ’, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘नगरको विकासका लागि मेयरमा उठ्न चाहन्छु।’
उनी काठमाडौँ क्षेत्र नम्बर ३ का कांग्रेस सभापति पनि हुन्। त्यस्तै दीपक रिसाल पनि गोकर्णेश्वरकाे मेयरका लागि आकांक्षी छन्। उनी कांग्रेसको महासमिति सदस्य हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया