बिएल संवाददाता
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा आधा दर्जन विद्यार्थी नेताले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिकाअनुसार शीर्ष ६ नेताले आफूनिकट ६ उम्मेदवारलाई अध्यक्षका अघि सारेका छन्। त्यस्तै, एकता प्रक्रियाबाट संगठनमा सामेल भएकाे अर्काे समूहले पनि आफ्नो उम्मेदवार अघि सारेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा प्रतिष्पर्धा हुने भएको छ।
अध्यक्षको उम्मेदवारी दिनेहरूमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट उपदेशकुमार यादव, उपमहासचिव पुन समूहबाट सुदिन पौडेल र शर्मा समूहबाट हेमन्त राई रहेका छन्।
त्यस्तै, उपाध्यक्षद्वय पम्फा भुसाल समूहबाट विश्वमणि थापा र कृष्णबहादुर महरा समूहबाट योगेन्द्र बुढा र उपमहासचिव शक्तिबहादुर बस्नेतनिकट विजय शर्माले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। अखिल स्राेतकाअनुसार एकता समूहबाट तिर्सना हमालले उम्मेदवारी दर्ता गराएकी छन्।
अन्य समूहभन्दा उपमहासचिवद्वय पुन र शर्मा अखिलमा हाबी देखिएका छन्। त्यसाे त अध्यक्षमा पौडेल र राई नै मुख्य प्रतिष्पर्धी ठानिएका छन्।
महासचिवमा पनि अध्यक्षकै शैलीमा समूह नै बनाएर उम्मेदवारी दर्ता गरिएकाे छ। महासचिवहरूमा पदमप्रसाद काफ्ले, प्रतीक कार्की, श्याम रोक्का, रोशन थापामगर, रोशन खड्का, गोविन्द बाँनिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, ९ पद रहेको उपमहासचिवमा भने ३० जनाको उम्मेदवारी परेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया