
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई भेट्न अस्वीकार गरेका छन्।
धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्।
खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको हो।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’
सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्। थोत्रो गाग्री बोकेर सिंहदरबार छिर्न लागेका साम्पाङलाई प्रहरीले गेटमा रोकेर गाग्री खोसेको थियो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया