बिएल संवाददाता
भारत निर्यातमा समस्या भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगहरू पुनः खोल्ने सहमति भएको छ।
सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीचको छलफलपछि भएको ३ बुँदे सहमतिपछि उद्योग सञ्चालन गर्ने सहमति जुटेको हो।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ र कडा मापदण्ड (एसओपी) को कारण भारतीय चिया आयातकर्ताहरू नेपाली चिया लिन निरुत्साहित भएका थिए। भारतीय व्यापारीले चिया नलिएपछि उद्योगहरूले अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थिए।
भारतले मे १ देखि लागू गरेको नयाँ नियम अन्तर्गत प्रत्येक गाडीको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन १५ दिनभन्दा बढी समय लाग्ने र प्रतिगाडी भारु ११ हजार ५०० शुल्क दिर्नुपर्ने बोझिलो र झन्झटिलो व्यवस्थाका कारण नेपाली चिया निर्यातकर्ताहरू मारमा परेका थिए। नेपालमा उत्पादित चियाको ८६ प्रतिशत निर्यात भारतमा हुने गरेको छ।
यस्तो छ ३ बुँदे सहमति
–निर्यात सहज नहुन्जेल गोदाममा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारण गर्न नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्थापन गर्ने,
–बजार सहज नहुन्जेल किसानको भुक्तानी उद्योगले केही समयका लागि थाती राख्ने र
–चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी नगरपालिका, उद्योगी र किसानको सहभागितामा सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया