समाचार टिप्पणी​

लुम्बिनी प्रकरण : एमालेको ‘सत्ता कब्जा’ प्रयास !

रातोपाटी

काठमाडाैं

२०७७ चैत २७ गते काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ, उनलाई हटाउन हामी सबै लागाैँ ।’ देउवाको यो भनाइ चार साता नबित्दै सत्य सावित भयो।

राजनीतिक र नैतिकरुपमा कमजोर बन्दै गएका केपी शर्मा ओली र उनका निकटस्थहरुले लिएको बाटो सत्ता कब्जाकै दिशामा गएको पछिल्लो उदाहरण हो –लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र अल्पमतमा रहेर पनि बलजफ्ती मुख्यमन्त्रीको सपथ प्रकरण।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकै विश्वासपात्र मानिने नेता शंकर पोखरेलले आइतबार एकाएक मुख्यमन्त्री पदबाट राजीनामा दिए।

पोखरेलले राजीनामा दिएपछि उनले नैतिकताका आधारमा बहुमत जुटाउने दलको नेतालाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिएर नैतिकता देखाए भन्ने टिप्पणी भएको थियो। तर, त्यो टिप्पणी धेरैबेर टिक्न सकेन र सोही दिन छापामार शैलीमा पोखरेलले रातारात मुख्यमन्त्रीको सपथ खाए।

प्रकाशित मिति: : 2021-05-03 11:18:00

प्रतिकृया दिनुहोस्