माधव नेपालसँग भेटेर पेरिसडाँडा फर्किए प्रचण्ड, सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बाेलाउने धम्की

माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेकाे छ।

बैठकमा सरकारमा देखिएकाे अन्याैलताका बाबजुद् कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेकाे पेरिसडाँडा स्राेतले जानकारी दियाे। बैठकमा माेओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बाेलाउने कि नयाँ मन्त्रीहरु पनि थप्ने भन्नेबारेमा पनि छलफल चलिरहेकाे छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै बिहान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग पनि उनकै निवास पुगेर भेटवार्ता थिए।

दल विभाजन सम्बन्धी अध्यादेशमा किचलो सुरू भएपछि पछिल्लाे समय सत्ता गठबन्धनमै खतरा बढ्न थालेकाे छ।

सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुरले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्कदा जनताले आलाेचन गर्न सुरु गरिसकेका छन्।

आइतबार बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकमा पनि प्रचण्डले यस्तै ताल हाे भने सरकारमा सहभागी आफ्ना मन्त्रीहरु फिर्ता बाेलाउने जानकारी गराएका थिए। मन्त्रीहरु फिर्ता बाेलाए पनि सरकारलाई समर्थन भने दिइरहने उद्घाेष गरेका थिए।

उनले भनेका थिए, 'राजनीतिक दलसम्बन्धी अध्यादेशकाे विवाद कसरी टुंग्याउने र मन्त्रिपरिषद् कसरी विस्तार गर्ने भन्ने निर्णय प्रधानमन्त्रीकै हातमा छ। उहाँले निर्णय नै लिन सक्नु भएन। माधवजीहरुलाई कन्भेन्स गर्ने प्रमुख जिम्मेवारी पनि उहाँकाे नै हाे। सकिन्छ भने मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुहाेस्। नत्र जनताले आलाेचना गर्न थाले। यस्तै रहिरहने हाे भने मैले पनि सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बाेलाउनू पर्ने हुन्छ।'

पछिल्लाे समय सत्ता गठबन्धनकै शीर्ष नेताहरूले असन्तुष्टी देखाउँन थालेका छन्। 



प्रचण्डकाे उद्घाेष- 'देउवाजी, यस्तै हाे भने हाम्रा मन्त्रीलाई फिर्ता बाेलाउनुपर्ने हुन्छ'

प्रकाशित मिति: : 2021-09-27 10:49:00

प्रतिकृया दिनुहोस्