महामारीको जाँतोमा पिसिँदै गरिब मुलुक :

भ्याक्सिन उत्पादकको अक्षमता र भारतको स्वार्थी नीति

अनलाइनखबर

काठमाडाैं

विश्वकै सबैभन्दा ठूलो मध्येको एक भ्याक्सिन निर्माता भारतीय कम्पनी सेरम इन्स्टिच्यूट अफ इण्डियाका प्रमुख आदर पुनावाल्लाले विश्वका गरीब जनतालाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने विश्वव्यापी प्रयासमा आफ्नो कम्पनीले अग्रणी भूमिका खेल्ने महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गरेका थिए।

फलतः उनको कम्पनीले कोरोना भाइरसग्रस्त मुलुकहरुका लागि खोप उत्पादन तथा निर्यात गर्नका लागि करोडौं डलरको सम्झौता गर्यो। त्यस अनुसार उसको सुरुवाती क्रियाशीलता प्रशंसनीय थियो।

तर जब भारतलाई कोरोना भाइरसको दोश्रो लहरले तहसनहस पारेसँगै खोपको माग तीव्र भयो तब अन्य मुलुक तथा दाता समूहहरुले पनि खोपको लागि तछाडमछाड गर्न थाले सो कम्पनी आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ।

कम्पनीले प्रतिबद्धता अनुसारको परिमाणमा भ्याक्सिन उत्पादन तथा आपूर्ति गर्न नसकेको र महामारीको चरमोत्कर्षमा पुगिरहँदा मूल्य समेत बढाएको भन्दै भारतमा राजनीतिज्ञ तथा आम सर्वसाधारणले समेत सेरम इन्स्टिच्यूट र यसका प्रमुख पुनावाल्लाको चर्को आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-05-11 11:17:00

प्रतिकृया दिनुहोस्