लेबनानको शरणार्थी शिविरमा अतिवादी हमला भएकाे त्याे दिन, जहाँ तीन हजार प्यालेस्टेनीले ज्यान गुमाए

Photo : wikiwand.com
Photo : wikiwand.com

आज सेप्टेम्बर १६।

आज विश्वमा केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

३ हजार प्यालेस्टेनी शरणार्थीको हत्या

सन् १९८२ मा लेबनानका दक्षिणपन्थी लडाकुले राजधानी बेरूतमा रहेका दुई ओटा प्यालेस्टेनी शरणार्थी शिविरमा आक्रमण गरी ३ हजार शरणार्थीको हत्या गरेका थिए। दुई वटा शिविरमा रहेका प्यालेस्टेनी शरणार्थीलाई लेबानी क्रिष्चियन फलांगिष्ट समूहमा आबद्ध लडाकुले तीन दिनसम्म हमला गरेका थिए।

इरानमा विनाशकारी भूकम्प

इरानमा सन् १९७८ मा गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति भएको थियो। ७ दशमलब ७ म्याग्निुच्युडको सो भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भएको थियो भने अरु हजारौं घाइते भएका थिए। भूकम्पका कारण करोडौं डलर क्षति भएको थियो।

मलेसिया स्थापना

सन् १९६३ मा सबाह, सरवाक र सिंगापुरसमेत एकीकृत गरी मलेसिया महासंघ गठन भएको थियो। तर, दुई वर्षपछि सिंगापुर अलग भएको थियो।

मोर्टस कर्पोरेसन स्थापना

सन् १९०८ मा अमेरिकाको मिसिगनमा विलियम सी डुरेन्ट र चाल्र्स स्टिवार्ट मोटले स्थापना गरेको मोर्टस कर्पोरसन ट्रक र कार निर्माणको क्षेत्रको अहिलेसम्मकै ठूलो कम्पनी हो। जीएम नामलेसमेत चिनिने सो कम्पनीले विक, क्याडिलेस, सिभरोलेट, पोन्टायस र हमर ब्रान्डका कार निर्माण गरेको छ।  

वाल स्ट्रिटमा वम बिस्फोट

सन् १९२० मा न्युयोर्कको वालस्ट्रिटमा अज्ञात समूहले बम बिस्फोट गराउँदा कम्तिमा ३८ जनाको मृत्यु भएको थियो। सो बिस्फोट अझै पनि रहस्यमय छ।
 

प्रकाशित मिति: : 2021-09-16 07:11:00

प्रतिकृया दिनुहोस्