घामको घमन्जा

गर्मीमा मुटु, किड्नी र थाइराइडका बिरामीले बढी ध्यान दिन जरुरी छ- डा. नारायण बस्नेत (भिडियाे)

मिनु गोले

काठमाडाैं

देशभरि गर्मी बढेसँगै जनजीवन पनि प्रभावित बन्न थालेको छ। गर्मीका कारण मानिसको स्वास्थ्यमा विभिन्नखाले स्वास्थ्य समस्याहरू देखापर्न थालेका छन्। अस्पतालहरूमा गर्मीका कारण बिरामीको चाप पनि बढेको छ। नेपालगञ्ज, वीरजञ्ज, बुटवललगायतका अस्पतालमा गर्मीका बिरामीहरुकाे चाप बढेकाे छ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखकाअनुसार नेपालकाे पश्चिम-तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढ्ने तथा ताताे हावा चल्ने सम्भावना रहेकाे छ। महाशाखाले गर्मीबाट हुन सक्ने स्वास्थ्य जाेखिमबाट बच्नका लागि सही उपायहरु अपनाउन अनुराेध पनि गरेकाे छ।

यसै सन्दर्भमा बिएलकर्मी मिनु गाेलेले अत्यधिक गर्मीमा कस्ता-कस्ता स्वास्थ्य समस्याहरु हुन सक्छन्? र ती स्वास्थ्य समस्याबाट बच्न के गर्ने? भन्ने लगायत विषयमा रहेर जनरल फिजिसियन डा. नारायण बस्नेतसँग कुराकानी गरेकी छन्।

हाइलाइटस्:

- सामान्यतया ४० डिग्री सेन्टिग्रेटभन्दा बढी तामपक्रम हुने अत्यधिक गर्मी हाे। यस्ताे अवस्था स्वास्थ्यका हिसाबले जाेखिमपूर्ण हुन्छ।

- अत्यधिक गर्मी हुँदा टाउकाे दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, शरीरमा पानीकाे मात्रा कम हुँदै जाने र मानिस बेहाेस हुने हुन सक्छ।

- गर्मीले बालबच्चा र बुढाबुढीलाई असर गर्न सक्छ। किनभने, उनीहरुमा तापक्रम सहन सक्ने क्षमता कम हुन्छ।

- युवाहरुमा तापक्रम नहुने भन्ने हुँदैन तर उनीहरुमा सहन सक्ने क्षमता बढी हुन्छ।

- अत्यधिक गर्मीमा पानी, फलफूलकाे रस, नरिवलकाे पानीजस्ता झाेलिलाे पदार्थ पिउनु उपयुक्त हुन्छ। बजारमा पाइने काेल्ड ड्रिङ्सहरु पिउँदा पनि हुन्छ तर तिनीहरुमा सुगर बढी हुने भएकाले अन्य असर पर्न सक्छ।

- गर्मीमा चिल्लाे बढी भएकाे खानेकुरा खानु उपयुक्त हुँदैन। किनभने, यस्ता खानेकुराले पाचन प्रणालीमा असर गर्छ।

- टाइट र बाक्लाे लुकाहरु लगाउनु हुँदैन।

- शरीरमा तापक्रम बढी भएमा तापक्रम घटाउनमा जाेड दिनुपर्छ। जस्तै: शरीरकाे तापक्रम ४० डिग्रीभन्दा माथि हुन थाल्याे भने रुमाल पानीमा भिजाएर शरीरमा राख्ने, बरफकाे प्रयाेग गर्ने गर्नुपर्छ।

- गर्मीमा घरबाहिर काम गर्नु पर्‍याे भने छाते-टाेपी लगाउनुपर्छ, छाता ओड्नुपर्छ र पातलाे लुगा लगाउनुपर्छ।

- बढी जलन भएमा जीवनजल पिउनु उपयुक्त हुन्छ। 

- आलस्यता भएमा नुहाएर, स्विमिङ गरेर वा भिजेकाे कपडाले शरीर पुछेर रिफ्रेस बन्न सकिन्छ।

- गर्मीमा मुटु र किड्नीका राेग भएका बिरामीलाई बढी ध्यान दिनुपर्छ। किनभने, उनीहरुमा तापक्रम थेग्न       सक्ने क्षमता हुँदैन।

- गर्मीमा हिट स्ट्राेक्स हुने सम्भावना पनि हुन्छ। याे भनेकाे अत्यधिक गर्मीका कारण मुटु वा मस्तिष्क अकस्मात बन्द हुनु हाे।

- सबै उमेर समूहका मानिसहरुले धेरै तापक्रम भएकाे बेलामा आफ्नाे कामलाई कम गर्नुहाेस्। प्रयाप्त झाेल चिजहरु पिउनुहाेस्। घरबाहिर काम गर्दा हाेसियारी अपनाउनुहाेस्।

भिडियाे:

प्रकाशित मिति: : 2024-05-30 20:47:00

प्रतिकृया दिनुहोस्