बिएल संवाददाता
निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्कीविरुद्ध नैतिकताको प्रश्न उठाउँदै उजुरी परेको छ।
कार्कीविरुद्ध पाल्पाका भेषराज लुईंटेलले संसदीय समितिमा उजुरी दिएका हुन्।
प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरू वाग्ले र डा. राजीव सुब्बाविरूद्ध भने उजुरी परेको छैन।
असारमा १९ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
संवैधानिक परिषद्को बैठकले गुरु वाग्ले र पूर्वडीआईजी डा. राजीव सुब्बालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
सिफारिस भएका तीनैजनाविरुद्ध असार २६ गते संसदीय समितिले उजुरी आह्वान गरेको थियो। पाल्पाका लुईंटेलले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नैतिकतामा प्रश्न उठाउँदै उजुरी दिएका हुन्।
कार्कीले सर्वोच्च अदालतको रजिस्ट्रार हुँदा गरेको व्यवहारले उनमा संविधानको धारा २४५ उपधारा (६) को खण्ड (घ) ले अपेक्षा गरेको ‘उच्च नैतिक चरित्र’ को मापदण्ड पूरा नगर्ने उजुरीकर्ताको दाबी छ।
‘सार्वजनिक हितसँग सम्बन्धित रिटलाई न्यायिक परीक्षणको अवसर नै नदिने निर्णय गर्ने व्यक्तिलाई कुनै स्वतन्त्र र गहनं परीक्षणबिना प्रमुख निर्वाचन आयुक्तजस्तो उच्च संवैधानिक पदमा नियुक्त गर्नु संविधानको मर्म, विधिको शासन तथा जनविश्वासको सिद्धान्तसँग मेल खाँदैन’ उजुरीमा भनिएको छ।
संसदीय सुनवाइ समितिले साउन १२ र १३ गते निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको सुनवाइ गर्दैछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया